नेपाल मानव अधिकार संगठन सिन्धुपाल्चोक जिल्ला शाखाको अध्यक्षमा ताल्चाभडेल
नेपाल मानव अधिकार संगठन सिन्धुपाल्चोक जिल्ला शाखाको २८ औं साधारणसभा तथा सातौं जिल्ला अधिवेशन मेलम्चीमा सम्पन्न भएको छ ।अधिवेशनले राजेन्द्रमान ताल्चाभडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको बताइएको छ । जिल्ला सभापति यज्ञ प्रसाद दंगालको अध्यक्षता, केन्द्रिय अध्यक्ष इन्द्रप्रसाद अर्यालको प्रमुख आतिथ्यता,केन्द्रिय कोषाध्यक्ष टिका डांगी, बागमती अध्यक्ष राजु सिग्देल त्यस्तै कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, मेलम्ची नगर उपप्रमुख उमा प्रधान, केन्द्रिय सदस्यहरु, रेडक्रसका जिल्ला सभापति राजेन्द्रमान ताल्चाभँडेल लगायत व्यक्तित्वहरु उपस्थित रहनु भएको छ । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुदैँ कार्यक्रमका प्रमुख अतिथि अर्यालले संगठनले गरिरहेको कामको बारेमा जानकारी गराउनुभयो । मेलम्ची नगर प्रमुख तामाङले मानवअधिकार रक्षाको लागि संगठनले गरेको कामको प्रशंशा गर्दै यस क्षेत्रमा सहयोगको लागि पालिका तयार रहेको बताउनुभयो । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले साधारणसभा र अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै हरेक क्षेत्रबाट मानवअधिकारको रक्षामा लाग्नुपर्नेमा जोड दिनुभयो ।
डिजिटल विद्यालय निर्माण अभियानमा थाङपाल भ्याली माविलाई १८–१९ लाख सहयोग हुने
पाँचपोखरी थाङपाल गाउँपालिका– ४ स्थित थाङपाल भ्याली माध्यमिक विद्यालयले सञ्चालन गरेको डिजिटल विद्यालय निर्माण अभियानमा उत्साहजनक सहयोग जुट्ने
राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नं. १ द्वारा दीपावली, छठ र नेपाल संवत ११४७ को अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न
सिन्धुपाल्चोक — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को आयोजनामा शुभ दीपावली, छठ पर्व र नेपाल संवत ११४७ लगायतका महान
एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीको शुभकामना आदानप्रदान, देउसीभैलो तथा चियापान कार्यक्रम सम्पन्न
नेपालीहरूको महान् चाड तिहार, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले






प्रतिकृया दिनुहोस