दलित प्रतिनिधित्व कि अवसरको पुनरावृत्ति? : कांग्रेसको १५औँ महाधिवेशनसँगै सिन्धुपाल्चोकमा नयाँ नेतृत्वको बहस
सिन्धुपाल्चोक ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा दलित प्रतिनिधित्व र नेतृत्वको अवसरबारे गम्भीर बहस सुरु भएको छ। समावेशी व्यवस्थाको मूल उद्देश्य अवसरबाट पछाडि पारिएका समुदायलाई राजनीतिक मूलधारमा ल्याउनु भए पनि जिल्लामा अवसर पटक–पटक सीमित व्यक्ति वा परिवारमै केन्द्रित भएको भन्दै प्रश्न उठ्न थालेको हो।
दलितको प्रतिनिधित्व भनेको एउटै परिवार वा सीमित व्यक्तिलाई दोहोर्याइरहनु हो कि नयाँ पुस्ताका योग्य र सक्षम दलित युवालाई नेतृत्वमा ल्याउनु हो भन्ने विषयले अहिले जिल्लाको राजनीतिक वृत्तमा स्थान पाएको छ।
अधिवक्ता मुकेश सेन्चुरीका अनुसार समावेशी प्रतिनिधित्वको मूल भावना नै अवसरबाट वञ्चित समुदायलाई अगाडि बढाउनु हो। "सम्मान विगतको योगदानका लागि हुनुपर्छ, तर अवसर नयाँ पुस्ताका लागि पनि खुला गरिनुपर्छ," अधिवक्ता सेन्चुरी भन्नुहुन्छ, "कोटा अवसरको ढोका हो, कसैको स्थायी अधिकार होइन। दलित कोटाबाट एकपटक अवसर प्राप्त गरिसकेपछि जीवनभर त्यही अवसरमा निरन्तर दाबी गरिरहने संस्कारले नयाँ पुस्ताका योग्य र सक्षम युवालाई वञ्चित पार्छ।"
अधिवक्ता सेन्चुरी थप्नुहुन्छ— राजनीतिक क्षमता प्रमाणित गरिसकेका नेताहरूले खुला प्रतिस्पर्धामार्फत आफ्नो जनसमर्थन प्रस्तुत गर्ने वातावरण बन्नुपर्छ। समावेशी कोटा एउटै व्यक्तिको जीवनभरको सुविधा नभई अवसर नपाएका धेरैलाई मूलधारमा ल्याउने माध्यम बन्नुपर्ने उनको तर्क छ।
यसै सन्दर्भमा अहिले सिन्धुपाल्चोक कांग्रेस र समग्र दलित समुदायभित्र विभिन्न प्रश्नहरू मुख्य बहसमा आएका छन्:
- विगतको मूल्याङ्कन: विगतमा दलित कोटाबाट प्रतिनिधित्व पाएका नेताहरूले दलित समुदायको हक-हित र जिल्लामा पार्टी संगठन सुदृढीकरणमा कस्तो ठोस योगदान पुर्याए?
- नयाँ नेतृत्वको निर्माण: वर्षौँदेखि अवसर पाउँदै आएका नेतृत्वले कति शिक्षित, बौद्धिक र सक्षम दलित युवालाई राजनीतिमा प्रोत्साहित गरे र नयाँ पुस्ताका लागि स्थान खाली गर्ने के-कस्ता पहल गरे?
- खुला प्रतिस्पर्धाको चुनौती: वास्तवमै जनसमर्थन र क्षमता भएको नेतृत्वले समावेशी कोटाको सट्टा खुला प्रतिस्पर्धाको बाटो किन रोज्दैन?
- अवसरको न्याय: एउटै व्यक्ति वा परिवारमा पटक-पटक अवसर केन्द्रित हुँदा संगठन निर्माणमा खटिएका अन्य योग्य दलित कार्यकर्तामाथि परेको असरको जिम्मेवारी कसले लिने?
अहिले दलित समुदायभित्रै पनि केवल ‘प्रतिनिधिको निरन्तरता’ भन्दा ‘नयाँ पुस्ताको नेतृत्व निर्माण’ हुनुपर्ने आवाज बलियो बन्दै गएको छ।
कांग्रेसको १५औँ महाधिवेशनको बहस केवल “को उम्मेदवार?” भन्नेमा सीमित नभई “कसले कति योगदान गर्यो र अब कति नयाँ दलित युवालाई अवसर दिने?” भन्नेमा केन्द्रित हुनुपर्ने देखिन्छ। दलित प्रतिनिधित्वको वास्तविक अर्थ अवसरको अन्त्य नभई अवसरको न्यायोचित विस्तार भएको विश्लेषण स्थानीय तहमा गर्न थालिएको छ।
सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको दुवै क्षेत्रीय अधिवेशन स्थगित
निशान परियार सिन्धुपाल्चोक। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशन प्रक्रियाअन्तर्गत सिन्धुपाल्चोक जिल्लाका दुवै प्रतिनिधिसभा निर्वाचन
सुनकोशी कांग्रेसमा नयाँ अध्याय: सभापतिमा कुमार शाही निर्वाचित, यस्तो बन्यो पालिका समिति
निशान परियार सिन्धुपाल्चोक । नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाको गाउँपालिका १५ औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट कुमार शाही
नेमकिपाको परम्परागत गढमा कसले बाजी मार्ला
भक्तपुर जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेमकिपाको गढसमेत भनिने भक्तपुर १ मा यसपटक कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपासहितका दलहरू इतिहास

..jpeg)







प्रतिकृया दिनुहोस