सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको दुवै क्षेत्रीय अधिवेशन स्थगित

निशान परियार सिन्धुपाल्चोक।

नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशन प्रक्रियाअन्तर्गत सिन्धुपाल्चोक जिल्लाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका क्षेत्रीय अधिवेशन स्थगित भएका छन्।

​निर्वाचन क्षेत्र नम्बर १ मा प्राविधिक तयारीको अभाव र क्षेत्र नम्बर २ मा  मतपत्र सम्बन्धी विवाद उत्पन्न भएपछि निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरेको हो।

​निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारहरूको नामावली व्यवस्थापन तथा मतदान केन्द्रमा आवश्यक मतपत्र उपलब्ध हुन नसकेपछि मतदान प्रक्रिया सुरु नै नगरी स्थगित गरिएको छ।

​यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ मा मतदान जारी रहँदै गर्दा निर्वाचन अधिकृतको हस्ताक्षर बिना मतपत्र प्रयोग भएको भन्दै उम्मेदवार तथा कार्यकर्ताहरूबीच विवाद सिर्जना भएको थियो। मतपत्रका विषयमा दुई पक्षबीच तनाव बढेपछि परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ।

​निर्वाचन समितिका अनुसार अब दुवै क्षेत्रका सम्बन्धित पक्ष, उम्मेदवार तथा पार्टी नेतृत्वसँग छलफल गरी सहमति र आवश्यक तयारी पूरा भएपछि मात्र नयाँ मिति तोकेर पुनः निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ

प्रतिकृया दिनुहोस

दलित प्रतिनिधित्व कि अवसरको पुनरावृत्ति? : कांग्रेसको १५औँ महाधिवेशनसँगै सिन्धुपाल्चोकमा नयाँ नेतृत्वको बहस

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा दलित प्रतिनिधित्व र नेतृत्वको अवसरबारे गम्भीर बहस सुरु भएको छ।

सुनकोशी कांग्रेसमा नयाँ अध्याय: सभापतिमा कुमार शाही निर्वाचित, यस्तो बन्यो पालिका समिति

निशान परियार सिन्धुपाल्चोक । नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाको गाउँपालिका  १५ औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट कुमार शाही

नेमकिपाको परम्परागत गढमा कसले बाजी मार्ला

भक्तपुर जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेमकिपाको गढसमेत भनिने भक्तपुर १ मा यसपटक कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपासहितका दलहरू इतिहास

↑