चार प्रदेशमा आज अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अपिल

निशान परियार सिन्धुपाल्चोक ।

हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।

​विशेष गरी आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा समेत चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

​लगातारको वर्षाका कारण नदी तथा खोलाहरूमा जलसतह बढ्न सक्ने, पहिरो जान सक्ने तथा तराईका होचा भूभागमा डुबानको जोखिम रहेकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै, यात्रा गर्दा मौसम सम्बन्धी पूर्वसूचना ध्यानमा राख्न र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सजग रहन विपद् व्यवस्थापन प्राधिकरण तथा स्थानीय प्रशासनले अनुरोध गरेका छन्।

प्रतिकृया दिनुहोस

नेपाल विद्यालय कर्मचारी परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दीपक खतिवडा निर्वाचित

काठमाडौँको डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयमा अधिवेशन सम्पन्न। विद्यालय कर्मचारीका हकहित, सेवा सुविधा र पेसागत सुरक्षालाई

त्रिपुरेश्वरमा आफैंले आगो लगाएका बस चालक दावा लामाको निधन

निशान परियार सिन्धुपाल्चोक । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालक २५ वर्षीय दावा लामाको

तीजको मर्म जगाउँदै कांग्रेस सभापति गगन थापा: चाडपर्वले सामाजिक सद्भाव र एकता मजबुत बनाउँछ

निशान परियार सिन्धुपाल्चोक । ​नेपाली समाजको मौलिक पहिचान र पारिवारिक सम्बन्धलाई जोड्ने माध्यमका रूपमा हरितालिका तीजको विशेष महत्त्व रहेको नेपाली

↑