सुनकोसी गाउँपालिकास्थित श्री महेन्द्रोदय माविमा विद्यालय बस हस्तान्तरण, छात्रावासको भुइँतल्ला उद्घाटन, विभिन्न व्यक्तित्व सम्मान
सुनकोसी गाउँपालिकास्थित श्री महेन्द्रोदय माविमा विद्यालय बस हस्तान्तरण, छात्रावासको भुइँतल्ला उद्घाटन, विभिन्न व्यक्तित्व सम्मान तथा तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाको सभापतित्व र समाजसेवी तथा उद्यमी मोहन विक्रम कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयको दोस्रो बस खरिद र अधुरो रहेको छात्रावास भवनको भुइँतल्ला फिनिसिङको सम्पूर्ण खर्च व्यहोर्ने प्रमुख अतिथि कार्कीलाई पालिका अध्यक्ष तिमल्सिनाले विशेष सम्मान गर्नुभएको थियो। प्रमुख अतिथि कार्कीले आफ्नो सहयोगको सही सदुपयोग भएमा आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
कार्यक्रममा शिक्षा, पत्रकारिता तथा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरू र शिक्षक-शिक्षिकालाई विशेष सम्मान गरिएको थियो। साथै, गरिब तथा जेहेन्दार छात्रवृत्ति कोषबाट १४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो भने बाल क्लबद्वारा प्रस्तुत देउसी-भैलोबाट ५० हजार रुपैयाँ नगद संकलन भएको थियो।
ताराचक्र अक्षयकोषबाट सम्पूर्ण खर्च व्यवस्थापन गरिएको सो कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने शिक्षक, कर्मचारी, अभिभावक संघका पदाधिकारी तथा सम्पूर्ण महानুभावहरूप्रति विद्यालय परिवारले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

डिजिटल विद्यालय निर्माण अभियानमा थाङपाल भ्याली माविलाई १८–१९ लाख सहयोग हुने
पाँचपोखरी थाङपाल गाउँपालिका– ४ स्थित थाङपाल भ्याली माध्यमिक विद्यालयले सञ्चालन गरेको डिजिटल विद्यालय निर्माण अभियानमा उत्साहजनक सहयोग जुट्ने
राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक क्षेत्र नं. १ द्वारा दीपावली, छठ र नेपाल संवत ११४७ को अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न
सिन्धुपाल्चोक — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को आयोजनामा शुभ दीपावली, छठ पर्व र नेपाल संवत ११४७ लगायतका महान
एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीको शुभकामना आदानप्रदान, देउसीभैलो तथा चियापान कार्यक्रम सम्पन्न
नेपालीहरूको महान् चाड तिहार, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले

प्रतिकृया दिनुहोस