सुनकोशी कांग्रेसमा नयाँ अध्याय: सभापतिमा कुमार शाही निर्वाचित, यस्तो बन्यो पालिका समिति

निशान परियार सिन्धुपाल्चोक ।

नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाको गाउँपालिका  १५ औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट कुमार शाही गाउँपालिका सभापतिमा निर्वाचित हुनुभएको छ।

​अधिवेशनले पालिकाको नेतृत्व चयन गर्दै उपसभापति पदमा कमला रोका र रामशरण खड्कालाई निर्वाचित गरेको छ। त्यसैगरी सचिव पदमा रामशरण श्रेष्ठ निर्वाचित हुनुभएको छ भने कोषाध्यक्ष पद भने पछि मनोनयन गरिने जनाइएको छ।

​उक्त अधिवेशन कार्यक्रममा प्रमुख अतिथिका रूपमा कांग्रेस नेता श्रवण कुमार जीसीको उपस्थिति रहेको थियो। त्यसैगरी विशेष अतिथिका रूपमा सुनकोशी गाउँपालिकाका उपाध्यक्ष एवं नेपाली कांग्रेसका जिल्ला सदस्य कान्छी तामाङको उपस्थिति रहेको थियो।

​कार्यक्रममा सुनकोशी गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरू, शुभेच्छुकका साथै सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

​नवनिर्वाचित सभापति शाहीले पार्टीलाई गाउँपालिकाभर थप सुदृढ, संगठित र सशक्त बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिकृया दिनुहोस

सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको दुवै क्षेत्रीय अधिवेशन स्थगित

निशान परियार सिन्धुपाल्चोक। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशन प्रक्रियाअन्तर्गत सिन्धुपाल्चोक जिल्लाका दुवै प्रतिनिधिसभा निर्वाचन

दलित प्रतिनिधित्व कि अवसरको पुनरावृत्ति? : कांग्रेसको १५औँ महाधिवेशनसँगै सिन्धुपाल्चोकमा नयाँ नेतृत्वको बहस

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सिन्धुपाल्चोकमा दलित प्रतिनिधित्व र नेतृत्वको अवसरबारे गम्भीर बहस सुरु भएको छ।

नेमकिपाको परम्परागत गढमा कसले बाजी मार्ला

भक्तपुर जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ । नेमकिपाको गढसमेत भनिने भक्तपुर १ मा यसपटक कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपासहितका दलहरू इतिहास

↑